Logo
Logo

बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ हाउसको सहकार्यमा कर्पोरेट–पे सेवा सुरु


- दृष्टि संवाददाता

126
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना संस्थागत ग्राहक महानुभावहरुका लागि बैंक खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गरेको छ । उक्त सेवा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सूचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरेका थिए ।

बैंकको आफ्ना संस्थागत ग्राहक महानुभावहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिने छ । उक्त प्रणालीमार्फत कनेक्ट आइपिएस वा वा एनसिएचएल आइपिएस भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ । यस प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहकहरुले तोकिएको कारोबार सीमाभित्र सबै आवश्यक भुक्तानी गर्न सक्नेछन् । संस्थागत ग्राहकहरुले यस सेवा सुचारुको लागि आवश्यक प्रकृया पुूा गरी बैकमा आवेदन दिनुपर्नेछ ।

साथै, ग्राहक महानुभावहरुले आफ्ना आवश्यकता बमोजिम यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरुसमेत आबद्ध गरी कारोबार गर्न सकिने सुबिधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैकिङ कारोबारहरु चेकको प्रयोग नगरी अनलाइनको माध्यमबाट नै गर्न सकिने हँुदा संस्थागत ग्राहक महानुभावलाई सजिलो हुने विश्वास बैंकले लिएको छ ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टि लेयर अथेन्टिकेशनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरिएको छ । बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्