Logo
Logo

चीनले दिने भयो अनुदानमा ३ लाख डोज काेराेनाविरूद्धकाे भ्याक्सिन


- दृष्टि संवाददाता

2.8k
Shares

काठमाडौं, १८ माघ । चीनले नेपाललाई तीन लाख डोज कोरोनाविरुद्ध भ्याक्सिन अनुदानमा उपलब्ध गराउने भएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालस्थित चिनिया दूतावासले यसबारे जानकारी गराएको हो ।

नेपालस्थित चिनियाँ दूतावासले भनेको छ, ‘नेपाल सरकारको अनुरोधमा चीनले नेपाललाई ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने निर्णय गरेको छ, जसबाट १ लाख ५० हजार नेपाली लाभान्वित हुनेछन् ।’ दूतावासले नेपाली सरकारी अधिकारीहरुसँग भ्याक्सिन आपूर्तिबारे छलफल भइरहेको जनाएको छ।

चिनीया कम्पनी सिनोफार्म नामक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन नेपाललाई दिन लागेको हो । हालै चीन सरकारले उक्त भ्याक्सिन उत्पादनको लागि अनुमति दिएको थियो ।

दूतावासका अनुसार सो भ्याक्सिनको प्रयोगको बजारीकरण वा आपतकालीन प्रयोगका लागि पाकिस्तान, युनाइटेड अरब इमिरेट्स (यूएई), इजिप्ट, हंगेरीलगायत १३ देशमा स्वीकृति प्राप्त भएको छ।

यसअघि भारतले १० लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिएपछि अहिले ७७ जिल्लामै स्वास्थ्यकर्मी लगायतलाई भ्याक्सिन लगाउन सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्