काठमाडौं, १८ माघ ।
नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेतृत्वको बढुवा समितिले आइतबार उनीहरुको सिफारिस गरेको हो ।
बढुवाको प्रतिस्पर्धामा एक सय भन्दा धेरै इन्सपेक्टर थिए । घुसकाण्डमा कारबाहीमा परेका इन्सपेक्टर रबिन बिष्टसहित केही बदनाम पनि बढुवामा परेका छन् । केही इमान्दार अधिकृतहरु भने छुटेका छन् ।