काठमाडौं, १९ माघ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा स्टेट काउन्सिलर आङ सान सुकीलाई सेनाले हिरासतमा लिएको छ । सुकीको दल नेशनल लिग फर डेमोक्रेसीले सैन्य कूबारे जानकारी दिएको हो ।
गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाएको छ । सेनाले सोमबार तय भएको संसद बैठक पनि स्थगित गर्न आह्वान गरेको छ ।
केही दिनदेखि सरकार र म्यानमार सेनाबीच तनावको स्थिति रहेको थियो । यही तनावकाबीच सुकीलाई सेनाले हिरासतमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
अहिले म्यानमारका मुख्य–मुख्य शहरहरुमा सेनाले तैनथी बढाएको छ । राजधानी याङ्गुनमा टेलिफोन र इन्टरनेट काटिएका छन् ।
सुकीले विश्व प्रतिष्ठित नोबेल शान्ति पुरस्कार पनि पाएकी थिइन।