Logo
Logo

आङ सान सुकीलाई रिहाई गर्न देउवाको माग


- दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सुकीलाई रिहाई गर्न माग गरेका छन् । म्यानमारको सेनाले सोमबार बिहान सबेरै नियन्त्रणमा लिएकी सुकीको तत्काल रिहाई गर्न देउवाको माग छ ।

सभापति देउवाले ट्वीटरमा लेखेका छन् , ‘आङ सान सूचीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न नेपाली काँग्रेस म्यानमारको सेनालाई आग्रह गर्दछ ।’ उनले देउवाले प्रजातन्त्र पुनर्बहालीको माग पनि गरेका छन् ।

केही समययता सरकार र सेनाबीच विवाद चलिरहेका बेला सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको हो । सोमबार बिहान उनीहरूलाई निजी निवासबाट नियन्त्रणमा लिइएको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

म्यानमारमा केही समयदेखि सैनिक ‘कू’ हुने र सेनाले सत्ता कब्जा गर्ने हल्ला चलिरहेको थियो । गत नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टी एनएलडीले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्