Logo
Logo

निर्वाचन आयोगले गर्‍यो पूर्व प्रमुख निर्वाचन आयुक्तसँग छलफल


- दृष्टि संवाददाता

1.5k
Shares

काठमाडौं, १९ माघ । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको छ । देशमा बढ्दो राजनीतिक गतिरोध, निर्वाचनको घोषणाका बीचमा आयोगको कर्तव्यका विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्तसँग छलफल भएको हो ।

छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले देशमा राजनीतिक मुद्दाले समस्या पारेको र त्यसको समाधान राजनीतिक दलहरूसँग नै भएकोले आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताएका थिए ।

यस्तै, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरूले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेको दल विभाजित हुने हो भने विभाजनको प्रक्रियामा गएर निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने धारणा समेत राखे ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग आयोगले अहिलेसम्म गरेको निर्वाचनको तयारीको सम्बन्धमा जानकारी गराएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्