Logo
Logo

पश्चिम नवलपरासीमा बन्ने भयो आधुनिक बसपार्क


- दृष्टि संवाददाता

441
Shares

पश्चिम नवलपरासी, १९ माघ । पश्चिम नवलपरासी बजार क्षेत्रलाई आधुनिकीकरण गर्न रामग्राम नगरपालिकाले रामग्राम बसपार्क शिलान्यास गरेको छ । नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले नगरपालिकाको वडा नम्बर चार केरवानीमा बसपार्कको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख गुप्ताले लामो समयदेखि स्थायी र व्यवस्थित बसपार्क नभएको कारणले नयाँ बसपार्क बनाउन लागिएको बताए । बसपार्क नहुँदा परासीको बुद्ध चोकमा गाडीको पार्किङ्गले बजार क्षेत्र नै कुरुप र अव्यवस्थित बनाएकाले समस्या समाधान गर्न बसपार्क बनाइएको बताए ।

लुम्बिनी प्रदेशको सहरी विकास मन्त्रालयको लगानीमा निर्माण र संघीय आयोजना कार्यान्वय इकाई चितवनले ५ करोड ६५ लाखमा रामग्राम बसपार्क बनाउन लागेको हो । बसपार्क निर्माणको ठेक्का समिर कन्स्ट्रक्सन परासीले लिएको छ ।

२ विगाहा क्षेत्रफलमा बन्न लागेको उक्त बसपार्कमा पहिलो चरण बस पार्कको कम्पाउण्ड भित्र माटो फिलिङ्ग, टिकट काउण्टर, यात्रुका लागि वेटिङ्ग रुम, गार्ड भवन, शौचालयको निर्माण कार्य हुनेछ भने दोस्रो चरणमा गाडीहरुको पाकिङ्गका लागि पार्किङ्ग स्थल, रिङ्ग रोड, फुटपाथ, वृक्षारोपण र शौचालय लगायतका निर्माणहरु हुने रामग्राम नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताले बताए ।

पहिलो चरणमा उक्त अत्यावस्यक संरचनाहरु बन्ने भए पनि दिर्घकालिन रुपमा २७ करोड रुपियाका लागतमा दिर्घकालिन रुपमा अत्याधुनिक बस पार्कको निर्माण गरिने र दीर्घकालिन रुपमा बन्ने बस पार्कमा छोटो र लामो दुरीका सवारी साधनहरुका पार्कीङ र गाडीको प्लेटफार्म समेत अलग अलग बनाईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्