Logo
Logo

विद्यालय भन्न नसकिने विद्यालय !


- दृष्टि संवाददाता

1.4k
Shares

झापा, १९ माघ । देशभरका करिव ३६ हजार सामुदायिक विद्यालयमध्ये करिव १५ प्रतिशत विद्यालय मात्र पठनपाठन योग्य छन्भन्दा अचम्म लाग्न सक्छ । तर, सत्य यही हो । सिकाई वातावरण र भौतिक सुविधाजस्ता पक्षले शिक्षाको गुणस्तर निर्धारण गर्छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सर्वेक्षणले देखाएको यो तथ्य सही छ । यस्तै, खराब वातावरण भएको सामुदायिक विद्यालय मध्येको एक हो ।

                                                                            रंग उडेकाे विद्यालयकाे बोर्ड

झापाको कचनकवल गाउँपालिकामा रहेको लक्ष्मी माध्यमिक विद्यालय । यो विद्यालयले नामभन्दा बद्नाम धेरै कमाएको छ । विद्यार्थी अध्ययन गराउने ज्ञानको मन्दिरमा कुलतजन्य वस्तु भेटिनुले विद्यालय बदनाम छ ।

                                                    शौचालयमा गुट्खा जस्ता कुलतजन्य वस्तुको खोलै खोल

विद्यालयको चाैरमा जताततै गुट्खा जस्ता कुलतजन्य वस्तुको खोलै खोल भेटिन्छ । विद्यार्थीलाई असल स्वभाव र शिक्षा दिने क्षेत्रमा नै कुलतजन्य वस्तु भेटिनुले विद्यार्थीको भविष्यप्रति चिन्तित बनाउछ ।

                                                                              विद्यालयको फाहोर शौचालय

शौचालयको त कुरै नगरौं । शौचालय यति घिनलाग्दो छ कि हेरिसक्नु छैन । शौचालय पनि खाली छैनन् । जताततै गुट्कै खोल मात्र देखिन्छ । कसले खान्छ गुट्खा ? विद्यार्थी ? शिक्षक वा अरु कोही ? जवाफ कोहीसँग छैन ।

                                                                     विद्यालयको प्राङ्गणमा फोहोरको थुप्रो

प्रविधिमैत्री विद्यालय भन्दै कचनकवल गाउँपालिका दावी गर्छ । गाउँपालिकाले विद्यालयका लागि कम्प्युटर पनि उपलब्ध गराएको छ । तर, कम्प्युटर चलाउन विद्यर्थीले पाएका छैनन् । कम्प्युटर ल्यावमा कम्प्युटर टेवल बाहेक एउटा बत्ती समेत छैन । विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानीय तहको लापरवाहीका कारण सैयौं विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ।

                                                       प्रधानाध्यापकले ताला लगाएर जाने कोठाभित्रका कम्प्युटर उपकरण

आइ.सी.टी. कार्यक्रमबाट प्राप्त भएका २१ वटा र त्यसभन्दा अघि सञ्चालित २५ वटा कम्प्युटर अहिले कोठाभित्र थुनिएका छन् । ति थुन्ने पात्र भने प्रधानाध्यापक हुन् । निमित्त प्रधानाध्यापक कृष्णप्रसाद गौतमका अनुसार प्रधानाध्यापक राजु बुढाथोकी ताला लगाएरै हिड्छन् । प्रधानाध्यापक नै कम्युटर ल्याबमा ताला लगाएर हिँछन् भने विद्यार्थीले कसरी पढ्ने ? चलाउने ?

फोहोर, शौचालयको अवस्थाबारे विद्यालय व्यवस्थापन समितिलाई केही थाहा छैन । समितिका अध्यक्ष गोपालप्रसाद दंगाल विद्यालयको हविगतबारे कुनै जानकारी नभएको बताउँदै पन्छिने गरेका छन् ।

                                                                        विद्यालयको प्राङ्गणमा भेटिएको गुट्खाको खोल

विद्यालय अस्तव्यवस्त रहेको थाहा पाएपछि गाउँपालिका बल्ल अनुगमन गर्ने तयारीमा जुटेको छ । विद्यालयमा देखिएको यस किसिमका गतिविधिको अनुगमन गरेर छिटै निर्णय लिइने गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले बताए ।

भारत सरकारको सहयोगमा २०२१ सालमा स्थापना भएको यो विद्यालयको अवस्थाले विद्यार्थीको भविष्यप्रति चिन्ता जगाउँछ । सामान्य सरसफाइमा समेत ध्यान दिन नसक्ने विद्यालयले राम्रो शिक्षा दिनसक्छ भनेर विश्वास गर्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्