Logo
Logo

इन्सपेक्टरका १०० पद रिक्त, ४० मा बढुवा हुने, ६० मा भर्ना हुने


- दृष्टि संवाददाता

477.7k
Shares

काठमाडौं, १९ माघ ।
नेपाल प्रहरीमा इन्सपेक्टरका एक सय पद रिक्त भएका छन् । डिएसपीबाट एसपी बढुवाको सिफारिस उपर उजुरी नपरेपछि मंगलबार बढुवा र पदस्थापनको निर्णय हुँदैछ । इन्सपेक्टरबाट डिएसपीमा पनि आइतबार बढुवा सिफारिस भइसकेको छ ।

This undated image shows the building of Nepal Police Headquarters in Naxal, Kathmandu.

अब सइबाट इन्सपेक्टरमा बढुवा सिफारिस गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । इन्सपेक्टरमा अबको एक साताभित्र बढुवाको सिफारिस हुने प्रहरी मुख्यालय स्रोत बताउँछ ।

प्रहरीको बढुवाको सबैभन्दा धेरै सोर्सफोर्स सइबाट इन्सपेक्टर बढुवामा चल्ने गर्दछ । रिक्त पद थोरै हुने र बढुवाका आकांक्षी धेरै हुने भएकाले इन्सपेक्टर बढुवामा मारामार चल्ने गरेको हो । यसपटक पनि अवस्था त्यस्तै छ ।

हाल इन्सपेक्टरका एक सय पद रिक्त भएका छन् । प्रहरी नियमावलीअनुसार इन्सपेक्टरका रिक्तमध्ये ६० प्रतिशत पद खुल्ला प्रतिस्पर्धाबाट तथा ४० प्रतिशत पदमा बढुवाबाट पदपुर्ती हुन्छ । जसअनुसार ६० पदका लागि विज्ञापन हुने छ भने ४० पदमा बढुवा हुने छ ।

बढुवाबाट पुर्ती हुने ४० पदमा डेढ सय भन्दा धेरै सइ प्रतिस्पर्धामा छन् । जसमध्ये २०६२ साल भदौ २२ गते सइमा बढुवा भएको टोली ठूलो छ । जून ब्याचका सात जना गत वर्ष बढुवा भए । यो वर्ष एक सय १९ जना बढुवाको प्रतिस्पर्धामा छन् । त्यसो त्यो भन्दा अगाडीको ब्याचका ३० जना सिनियर पनि छन् । उनीहरुमध्ये कोही कारबाहीमा परेका त कोही द्वन्द्वमा जागिर छाडेर फेरि जागिरमा फर्किएकाहरु छन् । २०६३ मा सइ भएका पनि बढुवाको लागि दौडधुपमा छन् ।

सइबाट इन्सपेक्टर बढुवामा विगतमा पिएसओहरुको चलखेल चल्दथ्यो । यो वर्ष बरिष्ठता तथा कार्यक्षमताका आधारमा बढुवा हुने अपेक्षा धेरैले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्