Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : सर्वोच्चमा महान्यायाधिवक्तालाई प्रश्नै प्रश्नदेखि म्यानमारमा सैनिक ‘कु’सम्म


- दृष्टि संवाददाता

1.1k
Shares

हेडलाइन्स् :

१. प्रतिनिधिसभा विघटनको पक्षमा आजबाट सर्वोच्च अदालतमा बहस, महान्यायाधिवक्ता अग्नि खरेलले गरे सरकारको बचाउ, पाँच घण्टा लामो बहसमा ओलीको कदमविरुद्ध न्यायाधीशको प्रश्नै प्रश्न ।

२. बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा आधिकारिकता दावी गर्ने, आयोगलाई बुझाउने पत्रमा बहुमत सदस्यको हस्ताक्षर, पदाधिकारी हेरफेर विधानसम्मत गरिएको दावी ।

३. प्रचण्ड–माधवले तीन वर्षसम्म पार्टीलाई अलपत्र पारेको प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप, सरकार बनेदेखि नै प्रचण्ड समूहले कचकच सुरु गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको दावी ।

४. सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच नयाँ द्वन्द्व, सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा आपत्ति, पत्र फिर्तासम्बन्धी प्रक्रियामा राष्ट्रियसभा संलग्न नरहेको भनाइ ।

५. राजनीतिक गतिरोध र चुनाव घोषणा भएको सन्दर्भमा निर्वाचन आयोगद्वारा पूर्वा निर्वाचन आयुक्तहरूसँग छलफल, नेकपा विवाद समाधान नगरी निर्वाचनमा जाँदा घातक हुनसक्ने पूर्व निर्वाचन आयुक्तहरुको एकै श्वर ।

६. धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन, करिब दुई अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको सबस्टेसनले नौ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्ने ।

७. भारतमा आज आर्थिक वर्ष २०२१/२०२२ को बजेट सार्वजनिक, नेपाललाई अनुदानमा १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने, गत वर्षको तुलनामा रकम बढ्यो, नेपालसहित अन्य दक्षिण एसियाली राष्ट्रले पनि पाउने ।

८. दुई दिनको करेक्शनपछि साताको दोश्रो दिन सेयर बजार हरियो, बजार ३७ अंकले बढ्दा कारोबार रकम भने घट्यो, भूमिहिनलाई जग्गाधनी पूर्जा वितरण तीव्र गर्न अर्थमन्त्रीको निर्देशन ।

९. राष्ट्रिय महिला लिग फुटबलमा चौन्दडीगढीको लज्जास्पद हार, एपीएफ २२ गोलले विजयी, सावित्रा एक्लैको १२ गोल, ८० वटा नयाँ पालिकामा खेलग्रामका लागि बजेट दिने सरकारको निर्णय, क्यानद्वारा नेपाल र कतारबीचको सिरिज स्थगित ।

१०.र, म्यानमारमा सत्ता सेनाले हात लिएको पुष्टि, एक वर्षलाई संकटकाल घोषणा, सैन्य ‘कु’ को विश्वभरबाट निन्दा, अमेरिकाले हस्तक्षेप गर्न सक्ने, रूस र चीन मौन, भारतद्वारा बजेटमा स्वास्थ्य क्षेत्रमा १ सय ३७ प्रतिशत रकम वृद्धि ।

प्रतिक्रिया दिनुहोस्