महोत्तरी, १९ माघ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरीका हवल्दार श्रवण बस्नेतलाई घूससहित पक्राउ गरेको छ ।
महोत्तरीको सुरक्षा बेस क्याम्प रामनगरमा कार्यरत उनलाई सोमवार दिउसो जिल्लाको गौशाला नगरपालिकास्थित निगौलचोकबाट १५ हजार रुपैयाँ घूस रकमसहित पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयका प्रवक्ता मणिराज ज्ञवालीले जानकारी दिए । उनी बेसक्याम्पका इन्सपेक्टर नन्दराज राईका घुमुवाका रुपमा कार्यरत थिए ।
आयोगको कार्यालय बर्दिबासबाट टिकाराम भण्डारीको नेतृत्वमा खटेको टोलीले बस्नेतलाई काठ तथा दाउरा ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै घूस लिइरहेको बेलामा पक्राउ गरेको हो । सो घटनामा इन्सपेक्टर समेत तानिने सम्भावना छ ।