काठमाडौं, १९ माघ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले राष्ट्रिय बीमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्य प्रसाद सिलवाललाई नियुक्त गरेको छ । सिलवाल गृहसचिव समेत भएका थिए ।
त्यस्तै सशस्त्र प्रहरी बलका दुई डिआईजीको पदावधि एक वर्ष थप गरेको छ । डिआईजीद्वय खड्ग राई र मन्दिप श्रेष्ठको पदावधि थप भएको हो । सशस्त्र प्रहरीका डिआइजीको पदावधि चार वर्ष हुने र महानिरीक्षकको सिफारिसमा एक वर्ष थप्न सकिने प्रावधान छ । उनीहरुको पदावधि यही महिनाको अन्तिममा सकिदै थियो ।