Logo
Logo

आजको मौस पुर्वानुमानः जाडो घट्यो, पानी किन पर्न सकिरहेको छैन ?


- दृष्टि संवाददाता

819
Shares

काठमाडौं, २० माघ । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबारको मौसम विवरण जारी गरेको छ । महाशाखाका अनुसार
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका जिल्लामा अहिले बाक्लो हुस्सु लागेको छ तर, अपराह्नसम्म हुस्सु हटेर जाने महाशाखाले जनाएको छ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोछ ।

महाशाखाका अनुसार आज राति प्रदेश ७ र अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यो वर्ष आजसम्म उल्लेख्य मौसमी प्रणाली नभित्रिएका कारण पानी पर्न सकेको छैन भने जाडो पनि कम भएको मौसम पुर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आज उपत्यकाको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस
आज विहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौंको तापक्रम २।७ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौंको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने छ भने मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्