Logo
Logo

ओलीले बोलाए संवैधानिक परिषदको बैठक


- दृष्टि संवाददाता

2k
Shares

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार बैठक विविध विषयमा छलफल गर्नका लागि बोलाईएको बताइएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।

यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बस्ने भएको हो ।

सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेको थियो । त्यसपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

सभामुख सापकोटाले संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सक्कलै फाइल फिर्ता पठाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्