Logo
Logo

प्रचण्ड-माधव समुहले आयोगमा बुझायो बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर


- दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।  आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव पक्षका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् ।

नेकपा अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर आधिकारिकताका लागि पत्र बुझाएका हुन् ।

सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोही अनुरुप राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई पत्र बुझाएको नेकपाका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

प्रचण्ड-माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने सो समूहको केन्द्रीय समितिको बैठकले निर्णय गरेको थियो । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै आफूहरुले नै आधिकारिकता पाउनुपर्ने प्रचण्ड-माधव समूहको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्