Logo
Logo

ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित


- दृष्टि संवाददाता

4.2k
Shares

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बैठक बोलाएका थिए ।

स्रोतका अनुसार बिहान ११ बजेका लागि बोलाएको बैठक साँझ ५ बजेका लागि सारिएको थियो। तर, साँझ पनि बैठक नबस्ने भएको हो ।यसअघि मंगलबार साँझ नै बैठक बोलाइएको थियो । यद्यपि, एक दिनपछि सारियो । पुनः बैठक नै स्थगित भएको जानकारी दिइएको छ ।

दुई दिनअघि मात्रै परिषद्को बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरिदिएका थिए । सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्