Logo
Logo

पोखराको चिप्लेढुंगामा कृषि विकास बैंकको शाखा कार्यालय


- दृष्टि संवाददाता

0
Shares

काठमाडौं । कृषि विकास बैंकले पोखराको चिप्लेढुंगामा आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनवाट आफ्नो कारोवारको शुरुवात गरेको छ । बैंकले शनिबार एक समारोहकाबीच भवनको औपचारिक उदघाटन गरेको हो ।

बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सयुँक्त रुपमा रिबन काटेर कार्यलयको उदघाटन गरेका थिए ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर आफुहरु अगाडि बढ्न तयार रहेको तथा बैंकवाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्