Logo
Logo

पुस्तक तथा स्टेशनरी व्यवसायीलाई एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा


- दृष्टि संवाददाता

63
Shares

काठमाडौं । एनएमबि बैंकले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सदस्यहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । बैंक र संघबीच संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारी भएको हो ।

समझदारी पत्रमा एनएमबि बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख बुद्धि कुमार मल्ल र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका तर्फबाट केन्द्रिय उपाध्यक्ष कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरे । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३५ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्