Logo
Logo

म्यानमारमा सैनिक ‘कु’को अवज्ञा गर्दै चिकित्सकले दिए राजीनामा


- दृष्टि संवाददाता

1.2k
Shares

एजेन्सी, २० माघ । म्यानमारमा हालै सत्ता कब्जा गरेको सेनाको कदमविरुद्ध नागरिक अवज्ञा सुरु भएको छ । सैन्य ‘कु’को विरोध गर्दै सरकारी चिकित्सकले राजीनामा दिएका हुन् । केही चिकित्सकले राजीनामा दिइसकेका छन् भने अरु चिकित्सकले पनि राजीनामा दिने बताएका छन् ।

कोभिड १९ को महामारीका बेला चिकित्सकहरुबाटै धमाधम राजीनामा घोषणा हुँदा सैन्य सरकारलाई दबाब सिर्जना भएको बताइएको छ । यस्तो अवज्ञाले सेनालाई चुनौती थपिएको टिप्पणी पनि हुन थालेको छ ।यसअघि नै पक्राउ परेकी नेत्री आन सान सूकीले सैनिक सरकारको विरोध गर्न आह्वान गरेकी थिइन् ।

५० वर्षसम्म शासन चलाएर २०११ मा यहाँको सेनाले शासन व्यवस्था नागरिकमा हस्तान्तरण गरेको जनाएको थियो । तर त्यसको १० वर्ष पुग्दा नपुग्दै फेरि शासन हत्याउँदै एक वर्षका लागि संकटकाल समेत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्