Logo
Logo

शेयर बजार ऐतिहासिक उचाइमा


- दृष्टि संवाददाता

189
Shares

काठमाडौं, २० माघ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७३ दशमलव ७४ बिन्दुमा उक्लिएको छ । साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले गिरावट आएको नेप्से परिसूचकमा सोमबारदेखि भने सुधार आएको हो ।

बजारले ऐतिहासिक उचाइ लिएपछि कारोबार रकमसमेत करिब साढे आठ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । सुरुवाती पहिलो घण्टा उतारचढाव देखिए पनि त्यसपछि भने बजारले लगातार गति लिएको हो । बजार बढ्दा डेढ दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

मंगलबार २ सय ओटा कम्पनीको ७४ हजार ७ सय १५ पटकको व्यापारमा एक करोड ५३ लाख २५ हजार ६ सय २३ कित्ता शेयर खरिदबिक्री भएका छन् । नेप्से परिसूचसँगै कारोबार रकम समेत बढेको छ ।
परिसूचकसँगै बजार पूँजीकरण रकमसमेत ३३ खर्बमा उक्लिएको छ । नेप्सको आँकडा अनुसार आज ३३ खर्ब ३२ अर्ब माथि पुगेको छ ।

बजारबाट निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । डेड दर्जन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएकोमा धेरै जसो निर्जीवन बीमा कम्पनी छन् । प्रभु लाइफ र युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले र बाँकी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्