Logo
Logo

नेपालमा १ लाख २८ हजार बढीले लगाए कोरोना खोप


- दृष्टि संवाददाता

189
Shares

काठमाडौं, २० माघ । नेपालमा मंगलबारसम्म १ लाख २८ हजार बढीले कोरोना खोप लगाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मंगलबारसम्म १ लाख २८ हजार ६५० जनाले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५ र गण्डकी प्रदेशमा १६ हजार २७० जनाले कोरोना खोप लगाएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनादले खोप लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

सरकारले भारतबाट ल्याएको पहिलो चरणको खोप फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, शव व्यवस्थापनमा खटिने कर्मचारी, एम्बुलेन्स चालक लगायतलाई लगाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्