Logo
Logo

फाईजरले खोपबाट एक वर्षभित्र १४ अर्ब डलर आम्दानी गर्ने


- दृष्टि संवाददाता

315
Shares

एजेन्सी, २० माघ । फाईजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने उक्त कम्पनीले जनाएको छ ।

माग अनुसार खोपको विक्री भएमा चालु आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्ने कम्पनीले जनाएको छ । अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग आइरहेको कम्पनीले जनाएको छ । ‘आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रवल सम्भावना छ,’ कम्पनीले भनेको छ ।

फाईजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण वार्षीक नाफाको पूर्वानुमान प्रतिवेदन जारीम गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ ।

फाईजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्