काठमाडौं, २० माघ । नेपाल पत्रकार महासंघ राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा संस्थामा कार्यरत पत्रकार एवं कर्मचारीका यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण सन्ततिलाई सम्मान गरिएको छ । सम्मानित हुने छात्रछात्रामा रणवीर कार्की, इशुु बस्नेत, निर्जला पराजुली र ब्रेन्जु रहेका छन् । शाखाले केही वर्षदेखि प्रत्येक वर्ष सन्तति सम्मानलगायत रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापाले उनीहरुलाई समारोहमा टीका, माला र प्रशंसापत्रद्वारा सम्मान गरेका थिए । सो अवसरमा महाप्रबन्धक शर्माले महासंघ रासस शाखाले गर्ने रचनात्मक कार्यले संस्थाको सुदृढीकरणमा योगदान पुगेको बताए । उनले सम्मानित छात्रछात्रालाई सुझाव दिँदै भने, ‘मुलुुकका विभिन्न विधाको नेतृत्वको सम्भावना बोकेका तपाईँ एसइई उत्तीर्ण विद्यार्थीलाई शाखाले भविष्यमा पनि अझ राम्रो नतिजा हासिल गर्न उत्साह प्रदान गरेको छ, तपाईँहरुले देश र समाजलाई सही बाटोमा हिँडाउन र दत्तचित्त भई अध्ययनमा विशेष ध्यान पुु¥याउनुुहुुनेछ ।’
महासंघका सचिव थापाले लोकतन्त्र र प्रजातन्त्रका लागि अग्रपंक्तिमा रही योगदान पुु¥याएका पत्रकार अहिले ठूूलो संख्यामा कोभिड–१९ पछि उत्पन्न परिस्थितिका कारण बेरोजगार भई अप्ठेरो परिस्थितिसँग जुुध्न परिरहेको हुुुँदा तिनको हकहितका लागि महासंघले विभिन्न पहल गरिरहेको जानकारी दिए ।
शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरेले आफ्नो नेतृत्वकालमा हालसम्म शाखाबाट प्रदान गरिएको पुुरस्कार, सम्मान र अन्य रचनात्मक कार्यक्रमबारे जानकारी गराए । सभाले सचिवका तर्फबाट अध्यक्ष घिमिरे र कोषाध्यक्ष नारायणप्रसाद न्यौपानेबाट प्रस्तुुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।