Logo
Logo

शीतलनिवासमा विवादास्पद सपथ,केही बाटैमा छुटे


- दृष्टि संवाददाता

15.6k
Shares

काठमाडौं, २१ मfघ ।
विभिन्न ११ वटा संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ लिएका छन् । सपथमा केही भने छुटेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राई तथा आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरुले सम्बन्धि आयोगको प्रमुखबाट समथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशब प्रसाद घिमिरेका अनुसार कुल ३२ जनाले सपथ लिएका छन् । गत ३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले ११ आयोगका ३८ पदमा नियुक्ति सिफारिस गरेको थियो ।

ढिलो सूचना पाएका कारण थारु आयोग, मधेसी आयोगका केही सदस्य शीतलनिवास पुग्न भ्याएनन् । केही बाटोमै रहेको जानकारी गरएका थिए । सपथबारे मंगलबार बेलुका मात्र सपथको जानकारी गराइएको थियो । केहीले भने नियुक्ति अस्वीकार गरेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरी ११ आयोगमा नियुक्ति सिफारिस गरेका हुन् । जून नियुक्ति चरम विवादमा परेको छ ।
संसदीय सुनुवाई नभएकाले यो सपथ पनि विवादमा परेको छ । सरकारले संवैधानिक आयोगहरुमा जबर्जस्ती नियुक्ति गरेको हो ।

प्रतिक्रिया दिनुहोस्