काठमाडौं २१ माघ ।
ललितानिवास जग्गा हिनामिना मुद्दामा भाटभटेनी सुपरमार्केटमा मालिक मिनबहादुर गुरुङ दुई करोड रुपैयाँ धरौटीमा छुटेका छन् । बिशेष अदालतमा उपस्थित भएका उनलाई धरौटीमा छाड्ने आदेश भएको छ ।
प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो । धरौटी बुझाएर आजै उनी छुट्दैछन् ।