Logo
Logo

सडकबाट प्रचण्डले गरे जनआन्दोलनको उद्घोष


- दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली आफ्नो कदम नसच्याए अब ठुलो संयुक्त आन्दोलन हुने बताएका छन् । उनले भने, ‘सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ ।’

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजीसमेत गरे । सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘यस्तो नभईदिए हुन्थ्यो भन्ने, जनताको भावना हामीले बुझेका छौँ, सम्मान पनि गर्छौं । तर, कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो, हड्ताल बाध्यता भएको हो ’

प्रचण्डले भने, ‘यो देशका सबै बर्ग, जाती, क्षेत्र, लिङ्ग समुदायको हक अधिकारको रक्षा गर्ने, या त्यसलाई सिध्याउने भन्ने लडाई हो । त्यसकारण अब हाम्रो आन्दोलन शसक्त हुँदै जान्छ ।’ उनले भने, ‘हामिले जनतालाई जानकारी दिन पनि यो उपया अपनायौँ, यो २८ गतेको विशाल शक्ति प्रदर्शन त्यो हाम्रो कायम छ, त्यति हुँदा पनि समस्या समाधान भएन भने हामी अझै ठुला-ठुला आन्दोलनमा जान्छौँ । उनले अघि भने, यदि केपी ओली पश्चाताप नगरे अहिलेसम्मकै ठुलो जन आन्दोलन हुन्छ ।’ ।

सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको प्रचण्डको भनाई छ । संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको र अब अझ सशक्त आन्दोलन हुने प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्