काठमाडौं, २२ माघ ।
नेपाल प्रहरीका १६ डिएसपीको एसपीमा बढुवा भएको छ । बढुवा भएकालाई आजै प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह लगाइएको छ ।
गत साता बढुवा सिफारिस भएका उपर उजुरी नपरेपछि बुधबार बढुवाको निर्णय भएको हो ।
बढुवा हुनेहरु भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश कुमार काफ्ले, राजकुमार सिलवाल, अमरेन्द्र बहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदम विष्ट, महेन्द्र श्रेष्ठ, राजेन्द्रबाबु रेग्मी, वासुदेव खतिवडा छन् । त्यस्तै, योगेन्द्रसिंह थापा, दिलीप घिमिरे, वीरेन्द्र शाही, सुवासचन्द्र बोहरा, प्रजित केसी बढुवा भएका छन् । उनीहरुमध्ये तिवारी सुडानमा छन् । अन्यले बिहीबार फुली लगाएका न् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा १५ जना, प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १५ जना गरी ३१ जना प्रहरी अधिकृतहरु रहेका छन् । साथै सोही मितिको निर्णय अनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका १ जना हाल सुडान डार्फरस्थित एफपियु मिसनमा कार्यरत रहेका छन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति ह भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीलाई मनन गर्दै थप सजगता र सतर्कता अपनाउदै कार्य सम्पादन गर्न निर्देशन दिए । नेपाल सरकारद्वारा घोषित निर्वाचन प्रति संवेदनशील भई सुरक्षालाई थप मजबुत बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन् ।
नागरिकसँगको सहकार्यमा प्रहरीले असल भावका साथ कार्य सम्पादन गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आचरण एवम् व्यवहारमा प्रहरी सदैव संवेदनशील हुनुपर्ने बताए । संगठनले अंगिकार गरेको नीति तथा प्रणालीप्रति सबै प्रहरी कर्मचारीहरु पदिय दायित्व अनुसार एक्यबद्ध भई अगाडि बढ्नुपर्ने उनले बताए ।
बढुवा भएकाहरुकै आजै पदस्थापन गर्न लागिएको छ । साथै डिएसपीको पनि आज सरुवाको तयारी भइरहेको छ । बढुवामा परेका कतिपय इन्चार्जका रुपमा कार्यरत रहेकाले त्यहाँ हेरफेर गर्न लागिएको छ ।