Logo
Logo

रामचन्द्र पौडेललाई शेरबहादुर देउवाको फोन, तत्काल काठमाडौं आउन आग्रह


- दृष्टि संवाददाता

31.2k
Shares

काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई काठमाडौं बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे टेलिफोन संवाद गर्दै तत्काल काठमाडौं आउन पौडेललाई भनेको हो ।

गृहजिल्ला तनहुँमा रहेका नेता पौडेलले विहिबार बिहान सभापति देउवालाई टेलिफोनमार्फत पछिल्लो विकसित राजनीतिक घटनाबारे छलफलका लागि तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरेको जानकारी दिए ।

देउवासँगको कुराकानीपछि नेता पौडेलले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ती त्यसेको पछिल्लो कडि हो ।’

यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक रहेको पौडेलको भनाइ छ ।

यस्तै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले दुई नेता पार्टी बैठक डाक्ने विषयमा कुराकानी भएको बताए । भानुकाअनुसार सभापति देउवाले नेता पौडेललाई तत्काल राजधानी आउन आग्रह गर्दै बसेर बैठकको तिथि, मिति एजेन्डा तय गरिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्