Logo
Logo

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली पारित


- दृष्टि संवाददाता

189
Shares

काठमाडौं, २३ माघ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडामा सम्पन्न तेस्रो सभाले तीन नियमावली पारित गरेको छ । साथै, सभाले विभिन्न निर्णय गरेको छ ।
बिहीबार बसेको सभाको बैठकले प्रतिष्ठानको ऐनमा समेत संशोधनको प्रस्ताव पारित गरेको छ । आदिवासी, सीमान्तकृत, अल्पसङ्ख्यक र दलितमध्येबाट एक जना महिलासहित सभाको सदस्यमा मनोनीत गर्नुपर्ने व्यवस्थाअनुसार मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्यमा मनोनीत गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए ।
रजिष्ट्रार प्रसाईका अनुसार प्रतिष्ठानको बिहीबार सम्पन्न तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, शर्त र सुविधासम्बन्धी नियमावली पारित गरिएको बताइएको छ ।
चालु आर्थिक वर्षबाट तीनवटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानले सो प्रतिष्ठानमा नियुक्ति भई कार्य गर्ने प्राध्यापकको तलब स्केल पनि निर्धारण गरेको छ । सभाले जनशक्ति तथा व्यवस्थापनसम्बन्धी मापदण्ड पनि पारित गर्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्