काठमाडौं, २३ माघ । नेकपा प्रचण्ड–धामव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको केही समयपछि नै केपी ओलीमा व्यक्तिबाद देखिएको आरोप लगाएका छन् ।
शुक्रबार ललितपुरमा नेकपा ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा प्रचण्डले ओलीले एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजेको अरोप लगाएका छन् ।
उनले पार्टीमा सहमति र समझदारीको कुरा गर्नेबितिकै ओलीले फुट्नको धम्की दिने गरेको स्मरणा गर्दै ओलीको कम्युनिष्ट विरोधी कामले नै संघर्ष सुरु भएको धारणा राखे । उनले पटक पटक ओलीले संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको बताए ।
ओलीकै कारण उपलव्धी धरापमाा परेको र मुलुक अध्यारो सुरुङमा जाने खतरा रहेकाले आफुहरु जनतामाझ आएको अध्यक्ष प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले ७० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य आफुहरुसँग रहेकाले आफुहरु नै आधिकारीक नेकपा भएको र निर्वाचन आयोगमा पनि दावी गरिएको जानकारी दिए । उहाले पार्टी आफुहरुले नभई ओलीले फुटाएको तर्क गरे ।
त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमाार नेपालले ओलीमा अहंकार र व्यक्तिवाद हावी भएको आरोप लगाए । संविधान मिच्ने काम ओलीबाटै भएको भन्दै नेपालले प्रधानमन्त्री पदमा रहन ओलीलाई नैतिकताले पनि नलिने बताए । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ पम्फा भूषालले सरकारको नेतृत्व गरिरहेका ओलीको प्रतिगमनलाई प्ररास्त गरिने बताए ।