Logo
Logo

बहुद्देश्यीय सहकारी संस्था पुरस्कृत


- दृष्टि संवाददाता

441
Shares

काठमाडौैं, २३ माघ । यस वर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रु ५० हजार राशि नगदसहित प्रदान गरिएको छ । एकीकृत नमूना कृषि फार्म तथा अन्य सेवाका माध्यमबाट किसानसम्म पुगेर उनीहरुको क्षमता विकास र आयस्रोत वृद्धिका लागि निरन्तररुपमा कटिबद्ध रही कृषि क्षेत्रको उत्थानमा पु¥याएको योगदानस्वरुप सो पुरस्कार प्रदान गरिएको हो ।

सहकारीमा संस्थापक अध्यक्ष रही स्व. दीक्षितले सर्वसाधारण नागरिकलाई सर्वसुलभ सेवा उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकाले उनको योगदानस्वरुप पुरस्कार स्थापना गरिएको हो । विसं २०७५ देखि ग्रामीण अर्थतन्त्रको विकासमा सहयोग गर्ने विभिन्न संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको छ ।

साझा सेवाको ३६औँ साधारणसभाका अवसरमा शुक्रबार यहाँ आयोजित समारोहमा सो पुरस्कार सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले पुरस्कृत संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलाई वितरण गरेका थिए ।

विसं २०२६ देखि निरन्तररुपमा सर्वसाधारणलाई सर्वसुलभ र विश्वसनीय सेवा पु¥याउँदै आएको उक्त सांस्थाले अनुदानित मल, ग्यास, सिमेन्ट तथा इन्धनको बिक्री वितरण तथा ढुवानीमा समेत सेवा केन्द्रित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्