Logo
Logo

सुचीलाई तत्काल रिहा गर्न सुरक्षा परिषद्को माग


- दृष्टि संवाददाता

630
Shares

एजेन्सी, २३ माघ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीसहित पक्राउ गरिएका सबैलाई तत्काल रिहाइ गर्न माग गरेको छ । म्यानमारको पछिल्लो राजनितिक घटनाक्रमका विषयमा छलफल गर्न बसको सुरक्षा परिषद् बैठकले यस्तो माग गरेको हो ।

परिषद्का सबै सदस्य मुलुकहरु म्यानमारमा प्रजातान्त्रिक परिवर्तनको पक्षमा रहेको विज्ञप्तिमा जनाइएको छ । यसका साथै प्रजातान्त्रिक संस्थाहरु पुनःस्थापना गर्र्न, हिंसालाई प्रश्रय नदिन र पूर्णरुपमा मानव अधिकारको सम्मान गर्न परिषद्का सदस्यहरुले माग गरेका छन् ।यसअघि मंगलबार भएको बैठकमा चीनले परिषद्ले जारी गर्न लागेको वक्तव्य रोकेको थियो ।

गत सोमबार म्यानमारको सेनाले शक्ति आफ्नो हातमा लिँदै प्रजातन्त्र पक्षधर नेताहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्