Logo
Logo

नारायणहिटी पुगेर ओलीले निरङ्कुश राजतन्त्रको प्रेतात्मा जगाउन खाेजे : योगेश भट्टराई


- दृष्टि संवाददाता

1.8k
Shares

काठमाडाैं, २३ माघ । नेकपा प्रचण्ड–माधव समूहका नेता तथा स्थायी समिति सदस्य योगेश भट्टराईले अस्तित्व नै मेटिएको निरङकुश राजतन्त्रको प्रेतात्मा जगाउन प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी पुगेको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहको आयोजनामा धादिङमा भएको विरोधसभालाई सम्वोधन गर्ने क्रममा नेता भट्टराईले निरंकुश राजतन्त्रलाई बढावा दिन नारायणहिटी अगाडी प्रदर्शन गरेको बताएका हुन् ।

उनले ओलीलाई मण्डले शैलीमा कार्यकर्ता परिचालन गरेको र पुर्वपञ्चहरुकै शैली टिपेर नारायणहिटीमा आमसभा आयोजना गरेको समेत आरोप लगाए । भट्टराईले भने, ’नारायणहिटी अगाडि जुन नाटक मन्चन भइरहेको छ केपी ओली समूहको त्यो अन्तिम नाटक हुनेछ । अहिले केपी ओलीलाई पुर्वपञ्चहरुले साथ दिइरहेका छन्, उ बेलाको मण्डले प्रवित्तिकै झल्को दिने गरी ओलीका मण्डलेहरु ओली आई लभ यू भन्दै सहर घुमिरहेका छन् । जसरी राजतन्त्र अन्त्यको साक्षी बसेको छ नारायणहिटी, त्यसरी नै ओलीको अन्त्यको पनि त्यही नारायणहिटी साक्षी बस्नेछ ।’

देश स्थायी शान्तिको लागि अघि बढिरहेको बेला वर्तमान प्रधानमन्त्री देशलाई फेरि गृहयुद्धतर्फ धकेल्न उद्दत रहेको उनले बताए । सम्बोधनको क्रममा नेता भट्टराईले कांग्रेसप्रति पनि कटाक्ष गरेका थिए । प्रतिनिधिसभामाथि आक्रमण हुँदा पनि नेपाली कांग्रेसले देखाएको दुईधारे चरित्रप्रति उनले कटाक्ष गर्दै भने ‘२०१७ सालमा संसद विटघन हुँदा विपीले अदालतको फैसला कुरेनन्, २०६१ सालमा गिरिजाले कुनै आलटाल गरेनन्, त्यही विपी र गिरिजाका संन्ततीले आज संविधानमाथि यत्रो निर्मम प्रहार हुँदा पनि किन बोल्दैनन् । ’

विरोधसभालाई नेकपाका नेताहरु राजेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, गंगालाल तुलाधर लगायतले सम्वोधन गर्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्