Logo
Logo

भरतपुर महानगरले थाल्यो सुकुम्बासीलाई पूर्जा वितरणको काम


- दृष्टि संवाददाता

756
Shares

चितवन, २३ माघ । भरतपुर महानगरपालिकाले भूमिहीन, सुकुम्बासीलाई जग्गा प्रदान गर्ने काम अगाडि बढाएको छ । महानगपालिकाले पहिलो चरणमा शुक्रबार भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाईको शुभारम्भ गर्दै सुकुम्बासीलाई जग्गा प्रदान गर्ने जनाएको हो ।

भूमिसम्बन्धी समस्या समाधान आयोगको निर्देशन अनुसार आयोगको काम अगाडि बढाइएको महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन् । मेयर दाहालले भूमिहीन, सुकुम्बासी वर्गलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाउने बताइन् ।

उनले कसैलाई पनि काखा र पाखाको व्यवहार नगरी लक्षित वर्गको काम सम्पन्न गर्न समेत कर्मचारीलाई आग्रह गरेकी छन् । भरतपुर महानगरपालिकाले हालसम्म गरेको प्रारम्बिक लगत संकलनमार्फत ११ हजार शङख्याको हाराहारीमा भुमिहीन रहेको लगत संकलन गरेको छ ।

२ वटा वडाको आउन बाँकी छ । आउदो बर्षको मसान्त सम्ममा अब्यस्थित बसोबासीलाई ब्यबस्थी र पूर्जा बितरण गरी आफ्नो कार्यकालभित्र सबै भूमिहीनको हातमा पूर्जा पुर्याईसक्ने मेयर दाहालले बताइन् ।

अब महानगरपालिकाले भूमिहीनका वास्तविक तथ्याङ्क निकालेर आगामी आर्थिक बर्षको मसान्त सम्ममा पूर्जा बितरण गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्