Logo
Logo

प्रदेश सरकारले ल्याएका योजनाको प्रतिफल पाँच वर्षपछि देखिन्छ : मुख्यमन्त्री राउत


- दृष्टि संवाददाता

441
Shares

धनुषा, २३ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन् । समता फाउण्डेशनले शुक्रबार जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि अनेकौँ योजना ल्याएको बताएका हुन् ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाको प्रतिफल पाँच् देखि १० वर्षपछि समाजले अनूभूति गर्ने बताए । संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरुको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उनले त्यसै कारण आफूहरु हरेक ऐन कानूनमा दलित महिला मुस्लिमलगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको जानकारी गराए ।

कार्यक्रममा प्रदेशसभा सदस्य चमेलीदेवी दास, दलित अगुवा भोला पासवानलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्