Logo
Logo

परिसंघले सबै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने


- दृष्टि संवाददाता

378
Shares

काठमाडाैं, २३ माघ । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ। मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि परिसंघले पनि उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको हो।

यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मुलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार पाएको छ। परिसंघले सधै स्वदेशी उत्पादनहरुको गुणस्तर वृद्धि गरी निर्यात प्रवद्र्धनमा जोड दिँदै आएको बताएको छ।

परिसंघले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानीलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरी खर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड दिने जानकारी दिएको छ।

सरकारको निर्णयले निर्यातमा आवद्ध सदस्यहरुलाई अझबढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएको छ। यसभन्दा पहिले परिसंघले तेस्रो मूलुकमा मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्