Logo
Logo

आन्दोलनका नाममा जनतालाई दुःख नदिन नेपाली कांग्रेसको अपिल


- दृष्टि संवाददाता

504
Shares

काठमाडाैं, २३ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलन एवं सभा गर्दा जनतालाई दुःख नदिइ शान्तिपूर्ण रूपले प्रदर्शन गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने जनाउँदै जनताले दुःख पाउने गरी बन्दको आह्वान नगर्न अपिल गरेको हो ।

कांग्रेसले सडकमा विरोध प्रदर्शन गरे पनि बन्दको कार्यक्रम नगरेको र नगर्ने भन्दै दृढता व्यक्त गरेको छ । संवैधानिक परिषद सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरु देखिनै कुल्चँदै आएको कांग्रेसको निष्कर्ष छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्ने सरकारको कदम असंवैधानिक र स्वेच्छाचारी भएको कांग्रेसको ठहर छ । उसले अध्यादेशपछिको बैठक र पछिल्लो सपथग्रहणलाई असंवैधानिक भनेको छ ।

कांग्रेसले माघ २४ गते हुने शुभेच्छुक संस्थाहरुको प्रदर्शनमा साथ दिन लोकतन्त्रवादीहरूलाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्