Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नेकपा ओली समूहको जनसभादेखि प्रचण्ड–माधवसमूहले श्वेतपत्र जारी गर्नेसम्म


- दृष्टि संवाददाता

1.1k
Shares

हेडलाइन्स् :

१. संविधानमा व्यवस्था नभए पनि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दावी, लोकतन्त्र सकैले पनि मास्न नसक्ने धारणा, ताजा जनमतका लागि निर्वाचनमा जादा लोकतन्त्र बलियो हुने भनाइ ।

२. प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने नेपाली कांग्रेसको तयारी, कांग्रेसले सडकमा विरोध प्रदर्शन गरे पनि बन्दको कार्यक्रम प्रतिवद्धता व्यक्त, प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनको क्रममा जनतालाई दुःख नदिइ शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह ।

३. सरकारले संवैधानिक आयोगहरुमा गरेको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश दियो, मन्यायाधीश कुमारप्रसाद रेग्मीको एकल इजलासमार्फत सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्ने गरी कारण देखाउ आदेश जारी, संसदीय सुनुवाइ नगरी गरिएको नियुक्ति गैरसंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको रिट निवेदन ।

४. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनसम्म आइपुग्दा आफूहरुको भूमिका सहित घटनाक्रमका बारेमा स्वेतपत्र जारी गर्ने, प्रतिनिधिसभा विघटनसम्मको दुर्घटना किन भयो भनेर आम जनतालाई स्पष्ट पार्न स्वेतपत्र जारी गर्ने अध्यक्ष प्रचण्डको भनाइ, स्वेतपत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरीदेखि आफ्नो अवस्थासम्म उल्लेख गर्ने ।

५. संवैधानिक आयोगहरुमा भएको नियुक्ती बदर गर्न सभामुख अग्नि सापकोटाद्धारा सर्वोच्चा रिट, संवैधानिक परिषदले विभिन्न ११ निकायमा नियुक्तिका लागि गरेको सिफारिस, नियुक्ती र उनीहरुका काम कारवाही बदरको माग ।

६. अस्तित्व नै मेटिएको निरङ्कुश राजतन्त्रको प्रेतात्मा जगाउन प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी पुगेको नेकपा प्रचण्ड–माधव समूहका योगेश भट्टराईको आरोप, ओलीलाई मण्डले शैलीमा कार्यकर्ता परिचालन गरेको र पुर्वपञ्चहरुकै शैली टिपेर नारायणहिटीमा आमसभा आयोजना गरेको भनाइ, देश स्थायी शान्तिको लागि अघि बढिरहेको बेला प्रधानमन्त्री देशलाई फेरि गृहयुद्धतर्फ धकेल्न उद्दत रहेको भनाइ ।

७. बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद ५ महिना थप, माघ २६ गते समाप्त हुने दुवै आयोगका पदाधिकारीको पदावधि थप गर्न अध्यादेश लयाउने मन्त्रिपरिषद्को निर्णय, राष्ट्रपति विद्यादेवी भण्डारीबाट म्याद थप गर्ने अध्यादेश जारी ।

८. ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि आइपीओ निस्कासन गर्यो, सर्वसाधारणको लागि छुट्टयाएको १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि सेयर जारी गर्दा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कूल ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयरको बिक्री खुला । कम्पनीको आइपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिने ।

९. भारतको चर्चित फ्रेन्चाईज क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल( टी–ट्वान्टी क्रिकेटको अक्सन फेब्रुअरी १८ मा, नेपालका आठ खेलाडीको नाम दर्ता, सूचीमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा रहेको क्यानद्वारा जानकारी, राष्ट्रिय महिला लिग फुटबलको पहिलो चरणमा खराब प्रदर्शन गरेको चौदण्डीगढीले भित्रयायो चार भारतीय खेलाडी ।

१०. र, म्यानमारकी नेतृ आङ साङ सूचीलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको माग,सार्वजनिक विद्यालयहरूलाई धार्मिक पहिरन अनिवार्य नगर्न इण्डोनेशियाको चेतावनी, यमनमा हुथी विद्रोहीविरूद्धको कारबाहीमा अब अमेरिकी समर्थन नरहने बाइडेनको घोषणा ।

प्रतिक्रिया दिनुहोस्