Logo
Logo

बाटो भुलेपछि


- दृष्टि संवाददाता

3.2k
Shares

एउटा कमिलो
दुरुस्त आफूजस्तै मरेको कमिलो
च्यापेर
भौतारिरहेछ
मानौं कि ऊ शोकमा छ
भयंकर तनावमा छ
र, भुलिरहेछ आफै आएको बाटो !

केही मानिसहरू
आफूभित्रको आफ्नै लास
बोकेर
भौतारिरहन्छन्
मानौं कि तिनीहरू तनावमा छन्
डँढाइरहेछ जीवित तिनीहरुलाई सन्तापी आगोले
छाएको छ अन्यौलको धुवाँमण्डल
र, आफू हिँड्ने बाटो/गन्तव्य निरन्तर बिर्सिरहेछन् !

म पनि बाटो बिर्सेको कमिलोजस्तै
जीवनको आधा समय भौतारिसकेछु,
कुन मार्गबाट आएँ
किन आएँ
र, जानुपर्ने कुन मार्ग ?
छैन मभित्र आफै हुनुको बोध/गन्तव्यप्रतिको सचेतना !

प्रतिक्रिया दिनुहोस्