कैलाली, २४ माघ । माटोको ढिस्कोले पुरिएर कैलालीमा शनिबार तीन जनाको मृत्यु ज्यान गएको छ । जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाटास्थित कालीका सामुदायिक वन नजिक माटो खन्न गएका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार मृत्यु हुनेहरुमा १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना वडको घनास्थलमै मुत्यु भएको छ भने ३० वर्षीया गंगादेवी जयगडीको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
माटोको ढिस्को परेर घाइते भएका १२ वर्षीय काजल सवाल र अन्जु जगयढीको टिकापुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । माटोको निकाल्ने क्रममा माथिबाट ढिस्को खसेपछि उनीहरू शनिबार १२ बजेतिर पुरिएका थिए भने उनीहरूको हातमा चोट लागेको छ ।