Logo
Logo

संसद विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूले गरे मौन प्रदर्शन


- दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं, २४ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार राजधानीमा मौन विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक स।घ, नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरूको आहृवानमा शनिबार टुँडीखेल घेरेर मौन प्रदर्शन गरे ।

प्रतिनिधसभा पुनर्स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, सर्वसत्तावाद मुर्दावाद, पेसाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई बनायो आहात, महामारीमा पनि दिएन राहत जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शनमा सहभागीहरूले बोकेका थिए ।

आन्दोलनमा उत्रिएको कांग्रेसको यो तेस्रो चरणको कार्यक्रम हो ।कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आएको छ ।

कांग्रेसले प्रतिनिधि सभा विघटन र संवैधानिक परिषद्ले गरेको निर्णयमा अझै आन्दोलन चर्काउने बताएको छ । कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्