Logo
Logo

सातौं संस्करणको ‘राइड फर लाइफ’ साइकल र्‍याली काठमाडौंमा आयोजना


- दृष्टि संवाददाता

630
Shares

काठमाडौँ, २४ माघ । सातौं संस्करणको ‘राइड फर लाइफ’ साइकल र्‍याली शनिबार काठमाडौंमा आयोजना गरिएको छ । क्यान्सरविरुद्ध जनचेतना जगाउन र साइकलमैत्री समाज निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यले ‘क्यान्सरविरुद्ध चेतना छरौं वातावरण जोगाएर, साइकल चढौं स्वस्थ रहौं दूरी कायम गरेर’ नाराका साथ आयोजना गरिएको र्‍याली आयोजना गरिएको हो ।

शनिबार बिहान तीनकुनेबाट सुरु भएको र्याली गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर समापन भएको थियो । र्‍यालीमा पाँच वर्षदेखि ७९ वर्षसम्म उमेर समूहका व्यक्तिहरुको सहभागिता थियो ।

अन्नपूर्ण मिडिया नेटवर्कले विगत सात वर्षदेखि क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले साइकल र्‍याली आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्