Logo
Logo

छोरीको हत्यारा लोडेड बन्दुक लिएर गाउँ घुम्दै


- दृष्टि संवाददाता

3.6k
Shares

महेन्द्रनगर, २५ माघ । छोरीको हत्या गरेर फरार भएका बैतडीको पुर्चौडी नगरपालिका–१० बिजयपुरका धनबहादुर महराले गाउँमा आतंक मचाएका छन् । ६५ वर्षीय महराले गोली लोड गरेको भरुवा बन्दुकसहित फरार उनले शनिबार राति गाउँमा बन्दुक देखाएर आतंक मच्चाउँदै आफ्नै घरमा आगजनी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले बन्दुक देखाएर कोही अगाडि आए गोली ठोकिदिने धम्की दिइरहेका छन् । अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।
प्रहरीले महरालाई पक्रन संयमित भएर खोजीकार्य गरिरहेका प्रहरी निरीक्षक धामीले बताए । उनका अनुसार प्रहरी चौकी पुरघाटबाट १५ जनाको टोली अहिले गाउँमा पुगेको छ भने जिल्लाबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली त्यहाँ पनि जाँदै गरेको छ ।
शनिबार साँझ श्रीमतीसँग झगडा हुँदा छुट्याउने क्रममा महराले माइती आएकी २० वर्षीया बेलमती महरा धामीमाथि गोली प्रहार गरेका थिए । गोली लागेकी बेलमतीको घटनास्थलमै ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्