Logo
Logo

चितवनमा ‘प्रचण्ड विरोधी’ एसपीकाे खाेजी, सरुवा र पदस्थापन प्रभावित


- दृष्टि संवाददाता

359.8k
Shares

काठमाडौं, २४ माघ ।
नेपाल प्रहरीका डिएसपीबाट एसपी भएका १६ अधिकृतले गत बिहीबार फुली लगाए । फुली लगाएको चार दिन हुँदा समेत उनीहरुले जिम्मेवारी पाउन सकेका छैनन् ।


सामान्यतया फुली लगाएको दिन बढुवा भएका अधिकृतको पदस्थापन हुन्छ । तर, यसपटक एसपीको सरुवामा देखिएको विवादले पदस्थापन समेत प्रभावित भएको छ ।
स्रोतका अनुसार एसपीको सरुवामा मुख्य विवाद चितवनमा छ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल प्रचण्ड विरोधी एसपीलाई लैजान चाहेका छन् । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले त्यसलाई अस्वीकार गरेका छन् । उनले राजनीतिक दलप्रति तटस्थ रहने एसपी पठाउन खोजेका छन् ।

त्यही विवादका कारण गत महिनाको एसपीको सरुवामा पनि चितवनका एसपी हेरफेर भएन । यसपटक एसपीको सरुवा र पदस्थापन एकैपटक गर्न लागिएको छ । तर, चितवनमा कुरा नमिल्दा आइतबार पनि निर्णय हुन नसकेको स्रोत बताउँछ ।
यसअघि चितवनमा सामान्यतया प्रचण्ड निकट एसपीलाई पठाउने गरिएको छ । पूर्व प्रधानमन्त्रीको गृहजिल्लामा एसपीको सरुवा गर्दा सामान्यतया सहमति लिने चलन प्रहरीमा छ ।

गत वर्ष पनि चितवनमा एसपीको सरुवामा ठूलो विवाद भएको थियो । सर्वेन्द्र खनालले गंगा पन्तलाई चितवन पठाएका थिए । तर, प्रचण्डले नमानेपछि एक महिनापछि पन्तलाई पर्सा सरुवा गरेर नान्तीराज गुरुङलाई पठाइएको थियो । गुरुङको कार्यकाल करिब एक वर्ष पुगेकाले हेरफेर गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्