काठमाडौं, २६ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठक नियमित भएको एक मन्त्रीले बताए । बैठकमा केही प्रशासनिक विषयहरु एजेन्डा रहेको बताइएको छ ।