झापा, २६ माघ । झापाको गौरीगञ्जमा लागु औषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
माघ २२ गते दिउँसो ४ बजे गौरीगञ्ज ३ पानीट्यांकीबाट गौरादह नगरपालिका २ बस्ने २५वर्षिय मन्दिस अधिकारी ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनको साथबाट ५५० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
त्यस्तै माघ २३ गते राति ९ बजे गौरीगञ्ज ३ बाट मोरङ्ग पथरी शनिश्चरे नगरपालिका वडा नं १ बस्ने २८ वर्षिय मुकेश बर्देवा ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनीसँग २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको छ ।
त्यसैगरी माघ २४ गते राति ९ बजे गौरीगंज ३ स्थित चोकबाट मोरङ पथरी शनिश्चरे वडा नं १ बस्ने २७ वर्षिय दिलिप कार्की र सोही नगरपालिका वडा नं २ बस्ने २४ वर्षिय सुजन लिम्बूलाई १ ग्राम ८०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।