Logo
Logo

नेपाली गरगहनाको निर्यातका लागि तालिममा जोड


- दृष्टि संवाददाता

567
Shares

काठमाडौं, २६ माघ । नेपाली गरगहनाको निर्यात प्रवद्र्धनका लागि सीपमूलक तालिम दिलाउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा र सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधिमण्डलबीच सोमबार भएको छलफलमा यस्तो आवश्यकता औँल्याइएको हो ।

कार्यकारी निर्देशक राणाले सुनचाँदी व्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि आवश्यक पर्ने सीपमूलक तालीमका लागि केन्द्रले सहयोग गर्ने बताए । उनले नेपाली परम्परागत कला कौशलयुक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको प्रशस्त सम्भावना रहेको रहेको उल्लेख गरे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मैलिक गरगहनाको निर्यातबाट व्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर सृजना हुने तथा मुलुकमा विदेशी मुद्रा भित्रने सम्भावना पनि बढ्ने भएकोले यसतर्फ सरकार र व्यवसायी सबैको ध्यान जान आवश्यक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्