काठमाडौं, २७ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दावी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् ।
नेकपा भएको दाबी गर्न र आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिन प्रधानन्त्री ओली नेतृत्वको समूह निर्वाचन आयोग पुगेका हुन ।
माघ १६ गते आयोगले नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो । तर, माधव–प्रचण्ड समूहको समय नमिलेपछि दुबै पक्षलाई राखेर छलफल गर्न आयोग असफल भएको थियो ।
निर्वाचन आयोगले बोलाएको समयमा आयोग नपुगेको प्रचण्ड–माधव समूहले केहि दिन अगाडि आफु नै आधिकारिक रहेको दाबीसहित पुनः निर्वाचन आयोगलाई पत्र बुझाएको थियो । प्रचण्ड–माधव समूहले पुनः पत्र बुझाएपछि ओली समूहले पनि आज पत्र बुझाएको हो ।