Logo
Logo

आन्तरिक राजस्वको महानिर्देशकमा दीर्घराज मैनाली सिफारिस


- दृष्टि संवाददाता

693
Shares

काठमाडौं, २७ माघ । आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव दीर्घराज मैनाली सिफारिस भएका छन् ।
हाल राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्वमा सरुवा गर्न अर्थ मन्त्रालयले सिफारिस गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले मैनालीलाई आन्तरिक राजस्वमा लैजान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिसको पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्