Logo
Logo

औपचारिक जानकारी बाहेकका विषयमा अलमलिदैनौंः निर्वाचन आयोग


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडाैं, २७ माघ । सरकारले वैशाख १७ र २७ गते घोषणा गरेको मध्यावधि निर्वाचनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगबीच छलफल भएको छ ।

आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीका बारेमा चासो लिएका हुन् । छलफलमा आयोगले निर्वाचनका सन्दर्भमा सरकारसँग ६ मुख्य विषयमा छलफल गरेको जनाएको छ ।

प्रधानमन्त्रीसँगको छलफलपछि आयोगले विज्ञप्ति जारी गर्दै आयोगले प्रधानमन्त्रीसँग कानून, बजेट, सुरक्षा, प्राविधिक कार्य, अन्तर्राष्ट्रिय पर्यवेक्षक र राजनीतिक वातावरणका विषयमा छलफल गरेको जनाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगले औपचारिक जानकारी बाहेक हाल भइरहेका गतिविधिबारेमा कुनै जानकारी नहुने समेत जनाएको छ ।

साथै, आयोगले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएको छ । प्रमुख आयुक्त थपलियाले निर्वाचन अवधि प्रारम्भ भएपछि दल सम्बन्धी कुनै विवादमा छलफल गर्न नहुने बताउँदै कानून, विधि र प्रक्रिया अनुसार आयोगले काम गर्ने विश्वास समेत प्रधानमन्त्रीसँग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्